
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरेको छ ।
आज सिंहदरबारमा बसेको सचिवालय बैठकले लेबी शुल्कमा एकरूपता ल्याउन लागि केन्द्रीय सदस्य र सांसदहरूका लागि वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरेको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो ।
यसअघि केन्द्रीय सदस्यहरूले बार्षिक एक लाख रुपैयाँ तिर्नुपर्थ्यो । यस्तै पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ निर्धारण गरिएको प्रमुख सचतेक परियारले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेका छौँ । त्यस्तै पार्टीको लेबी शुल्कका लागि केन्द्रीय सदस्य र सांसदहरूले वार्षिक २५ हजार रुपैयाँ तिर्नुपर्ने निर्धारण गरेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कैलाश–मानसरोवरसम्मको अविस्मरणीय यात्रा
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- उपराष्ट्रपति यादव र भियतनामकी समकक्षी सुआनबीच भेटवार्ता
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल