
काठमाडौँ । विश्वमा १ करोड ४८ लाख विद्यालय जाने उमेर पुगेका शरणार्थी बालबालिकामध्ये त्यसको आधा शिक्षाको पहुँचबाट बञ्चित भएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले विश्वव्यापी शरणार्थी शिक्षा र भर्नामा उल्लेखनीय प्रगति हासिल भएको तर अझै करिब ७४ लाख शरणार्थी बालबालिका शिक्षाको पहुँचबाट बञ्चित रहेको जनाएको छ ।
यस वर्ष यूएनएचसीआरले जारी गरेको शरणार्थी शिक्षा प्रतिवेदन अनुसार ६५ शरणार्थी आयोजक देशको तथ्याङ्कले लगभग ७२ लाख शरणार्थी बालबालिका असुरक्षा,समावेशी शिक्षा नीतिको अभाव, क्षमता र भाषा अवरोध जस्ता कारणले गर्दा शिक्षाबाट बञ्चित छन् ।
प्रतिवेदनले सन् २०२२/२३ को शैक्षिक वर्षका लागि शरणार्थीको औसत कूल भर्ना दर पूर्वप्राथमिक तहका ३७ प्रतिशत, प्राथमिक तहका लागि ६५ प्रतिशत र माध्यमिक तहका लागि ४२ प्रतिशत रहेको देखाएको छ ।
शरणार्थी शिक्षामा विभिन्न अवरोधको बाबजुद पनि ५ वर्षमा आशाजनक प्रगति भएको युएनएचसीआरले पुष्टि गरेको छ । नयाँ प्रतिवेदनले शरणार्थीका लागि शिक्षाको पहुँच केही प्रमुख आयोजक देशमा विस्तार भएको सङ्केत गरेको छ। यसबाहेक, कममात्रै शरणार्थी राष्ट्रिय परीक्षामा समावेश भएपनि पास दर उच्च र कहिलेकाहीँ राष्ट्रिय औसतभन्दा बढी पनि रहेको पाइएको छ ।
युएनएचसीआरले सन् २०३० सम्म शरणार्थीको शिक्षाको अधिकारलाई सम्बोधन गर्न दिगो अन्तर्राष्ट्रिय सहयोग र नवीन साझेदारीलाई निरन्तरता दिन आयोजक राज्य, सरकार, दाता र साझेदारलाई आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक