
तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन बनेको छ ।
केन्द्रमा सञ्चालक समिति नहुँदा कार्यालयको खर्च व्यवस्थापन तथा बिरामीलाई थप सेवा विस्तारमा कठिनाइ भएको छ । समितिका तत्कालीन अध्यक्ष देवीबहादुर बस्नेतको कार्यकाल सकिएपछि नयाँ व्यवस्थापन समिति गठन नहुँदा आयुर्वेद केन्द्र सञ्चालनमा समस्या भएको हो ।
केन्द्रका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंका अनुसार सञ्चालक समिति नहुँदा केन्द्रबाट नागरिकलाई प्रदान गरिने थप सेवा सुविधा प्रभावित भएको छ । उहाँका अनुसार टिकट शुल्क र सेवाबापतको रकम जम्मा गरिएपनि नयाँ सिर्जनशील र सेवा सुविधा विस्तार रोकिएका छन् ।
केन्द्रमा दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । उपचारमा आउने बिरामीमध्ये अधिकांश ग्याष्ट्रिक, बाथ र ज्वरोका हुने गरेका छन् । केन्द्रले प्रयोगशाला सञ्चालनमा ल्याएको छ । निरीक्षक चापागाईँले भन्नुभयो– ‘न्यून शुल्कमा प्रयोगशाला परीक्षण गर्ने सुविधा भएपछि बिरामीको चाप बढ्दै गएको छ ।’
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले अध्यक्ष नियुक्त गर्न विलम्ब गरेकाले केन्द्रमा खर्च व्यवस्थापन तथा बिरामीका लागि थप सेवा सुविधा विस्तारमा कठिनाइ भएको उहाँको भनाइ छ । क्षारसुत्र, पञ्चकर्म, प्रयोगशाला र टिकट दस्तुरबापतको आम्दानीको पैसाबाट नयाँ काम तथा खर्च व्यवस्थापन गर्न नपाउँदा समस्या भएको केन्द्र प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
‘हामीले पटक–पटक मन्त्रालयमा ताकेता गरिरहेका छौँ, कुनै सुनुवाइ भएको छैन्’ उहाँले भन्नुभयो– ‘समस्या समधान नहुँदा काम गर्न कठिनाइ भएको छ ।’ प्रदेशका स्वास्थ्यमन्त्री परिवर्तन भएका कारण समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । ‘मन्त्रालयबाट नीतिगत निर्णय हुने बित्तिकै यो काम अघि बढ्छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति