खेलकुद

आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’बीचको दोस्रो एकदिवसीय क्रिकेट आज

काठमाडौँ । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेटमा आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो ।