
कास्की । देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले बर्चस्व कायम गरेका छन् ।
भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन ९४२.१९५ किमीमा केन्याली धावक विल्सन चेरियुयिटले दुई घण्टा १७ मिनेट २४ सेकेण्डमा निर्धारित दौड पूरा गरी उपाधि जितेका हुन् । उनले उपाधिसहित पाँच लाख रुपैयाँ पुरस्कार पाए । उनले यसअघि कायम रहेको केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको दुई घण्टा घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्डसमेत तोडे ।
अघिल्लो संस्करणको उपाधि जितेका जुलियस दुई सेकेण्ड पछि पर्दै दुई घण्टा १७ मिनेट २६ सेकेण्डमा दौड पूरा गरी द्वितीय बने । उनले ३ लाख रुपैयाँ पुरस्कार पाए । अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले दुई घण्टा १८ मिनेट २१ सेकेण्डमा पूरा गरी तृतीय बन्दै रु दुई लाख पुरस्कार पाएका छन् ।
म्याराथनतर्फ नेपाली धावक किरणसिंह बोगोटीले चौथो स्थान हात पारे । पाँचौँ स्थानमा नेपाली धावक निरोज भट्ट क्षेत्री आउँदा छैटौँ स्थानमा रिखुलालसिंह मगर, सातौँ स्थानमा दिनेश सिंह बोगोटी र आठौँ स्थानमा केन्याली धावक माइकल माथिया बन्न सफल रहे । उनीहरूले जनही क्रमशः ५० हजार, रु २० हजार, १५ हजार र १० हजार रुपैयाँका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।
गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री पहिलो बने । उनले दुई घण्टा ३८ मिनेट २२ सेकेण्डको समय लिए । त्यस्तै रिखुलाल मगर दोस्रो, दिनेशसिंह बोगोटी, तेस्रो, मीनराशी विक चौथो, अशोक बराम पाँचौँ, सनम गुरुङ छैटौँ र प्रितम गुरुङले आठौँ स्थान प्राप्त गरे । उनीहरूले क्रमशः जनही .५० हजार, ३० हजार, २० हजार, र१५ हजार, ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गरे ।
पुरुष २१ किमी हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतराले एक घण्टा ०९ मिनेट ०७ सेकेण्डको समयमा दौड पूरा गरी पहिलो बने । उनले ७५ हजार रुपैयाँ पुरस्कार पाए । नेपाली धावक सन्तोषविक्रम विष्ट एक घण्टा नौ मिनेट ५६ सेकेण्डमा दौड पूरा गरी द्वितीय बन्दै ५० हजार पुरस्कार पाएका छन् ।
यसैगरी महिला हाफ म्याराथन २१ किमी दौडमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठले एक घण्टा २० मिनेट ०३ सेकेण्डमा दौड पूरा गर्दै च्याम्पियन बनिन् । उनको पोखरा म्याराथनमा लगातार दोस्रो जित हो । त्यस्तै केन्याली धाविका स्वारोन जोनोटिक एक घण्टा २१ मिनेट सात सेकेण्डको समय लिँदै दोस्रो हुँदा एक घण्टा २३ मिनेट ०८ सेकेण्डमा दौड पूरा गरी पुष्पा भण्डारी तेस्रो र आश्मा विक चौथो र द्रोपताकुमारी कठायतले पाँचौँ स्थान हासिल गरिन् ।
उनीहरूले क्रमशः जनही एक लाख ५० हजार, एक लाख, ७५ हजार १५ हजार पाँच हजार रुपैयाँ पुरस्कार पाए । यसअघि पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथनको उपप्र्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गर्नुभएको हो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै