
काठमाडौँ । नेपालका भूपेन्द्र गुरुङले बेलायतमा भएको ‘आइएमएसी’ खुला प्रतियोगितामा दुई स्वर्ण पदक जितेका छन् ।
इन्टरनेसनल मार्सल आर्ट्स कोर्पोरेसन (आइएमएसी) मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण जितेका हुन् ।
गुरुङले प्रतियोगिताको नान् छ्वान र ताइची स्पर्धामा स्वर्ण जिते । उनले नान् छ्वानमा २७ दशमलव तीन तथा ताइचीमा २७ अङ्क जोडे । दुवै स्पर्धा ३० पूर्णाङ्कको थियो । तीन महिनाको अवधिमा भूपेन्द्रले योसहित आठ पदक जितेका छन् ।
यसअघि अमेरिकाका विभिन्न शहरमा भएका तीन प्रतियोगितामा गुरुङले छ पदक जितेका थिए । ‘व्याटल अफ ड्रागन्स’ विश्व च्याम्पियनसिपमा दुई स्वर्ण, १५औँ ‘गोल्डेन ड्रागन’ च्याम्पियनसिपमा दुई रजत र छैटौँ ‘एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिप’मा समान एक–एक स्वर्ण र रजत जितेका थिए ।
भूपेन्द्र आइएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै बेलायत पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै