
बैतडी । बैतडीमा भइरहेको मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा पुर्चौडी नगरपालिका विजयी भएको छ ।
आज भएको खेलमा पञ्चेश्वर गाउँपालिकालाई ३–२ को सेटमा हराउँदै पुर्चौडी विजयी भएको हो । साहिलेकस्थित वीरेन्द्र माविको खेलमैदानमा भएको खेलमा सुरुमा दुई सेट पञ्चेश्वरले आफ्नो पक्षमा पारेको थियो । त्यसपश्चात बाँकी तीन सेट पुर्चौडीले जित्तेको हो ।
पहिलो सेट पञ्चेश्वरले २९–२७, दोस्रो सेटमा २५–२१ ले जित हासिल गरेको थियो । त्यसपछि पुर्चौडीले तेस्रो सेट २५–१९, चौथो २५–२१ र निर्णायक तथा अन्तिम सेट १७–१५ को अङ्कले हात पार्दै खेलमा जित निकाल्यो ।
मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा गत बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाको सहभागिता छ । प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।
उपविजेताले ७५ हजार, तृतीयले . ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैया पुरस्कार दिइनेछ । यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
दशरथचन्द नगरपालिका– ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रीय प्रबन्धक हुनुहुन्थ्यो । उहाँकै स्मृतिमा विसं २०७४ मा स्थापना भएको ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै