
कैलाली । धनगढीमा सम्पन्न ‘अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट’ को उपाधि सिवाइसी अत्तरियाले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा अत्तरियाले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गरेको हो । उपाधिसँगै अत्तरियाले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
उपविजेता डडेल्धुराले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । जितका लागि एक सय १९ रनको लक्ष्य पाए पनि डडेल्धुराले ८४ रन मात्र बनायो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले १० रन बनाए । बलिङतर्फ अत्तरियाका लागि शाहव आलम र दिपेश कँडेलले तीन तीन तथा कमल गुप्ता र विवेक यादवले दुई दुई विकेट लिए ।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरको ९ विकेटको क्षतिमा एक सय १८ रन बनायो । उसका लागि रासिद खानले ३१, कप्तान सन्तोष कार्कीले २० र शङ्कर रानाले २० रन बनाए ।
बलिङतर्फ डडेल्धुराका लागि अभिषेक गौतमले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । कुशल भुर्तेल र अभिषेक चौहानले एक एक विकेट लिए । प्रतियोगितामा आठ टोली सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै