+

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।  


फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज पत्रकार सम्मेलन गरी जनाएको छ । एन्फाले पहिलो पटक चार देश सम्मिलित प्रतियोगिता आयोजना गर्न लागेको हो ।  एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगितामा नेपालसँगै किर्गिस्तान, म्यान्मा र लेबनानको सहभागिता रहनेछ । 

प्रतियोगिताको ‘टिकेटिङ राइट’ एक करोड ३५ लाख र ‘ब्रोडकास्टिङ राइट’  ६६ लाख रुर्पैयाँमा बिक्री गरेको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने प्रतियोगिताको टिकट दर ‘भिआइपी’तर्फ  एक हजार र साधारण प्यारापिटतर्फ  ५ सय रुपैयाँ तोकिएको छ ।

एन्फाका अनुसार सहभागी टोलीले अभ्यासका लागि सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान र भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान प्रयोग गर्नेछन् । 

प्रतियोगिताको अनुमानित बजेट करिब २ करोड ५० लाख ५६ हजार १ सय ४ रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै