+

खेलकुद पत्रकारद्वय भण्डारी र सापकोटा सम्मानित

काठमाडौँ ।  यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ खेल पत्रकार श्रीविक्रम भण्डारी सम्मानित हुनुभएको छ ।


नेपाल खेलकुद पत्रकार मञ्चको २९औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा ‘मेरो खेल डटकम’का सम्पादक भण्डारीलाई सम्मान गरिएको हो । यसैगरी सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटा सम्मानित हुनुभएको छ । उहाँ कान्तिपुर टेलिभिजनमा कार्यरत हुनुहुन्छ । 

दुवैजनालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ लगायतले सम्मान गर्नुभयो । भण्डारीलाई २५ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरियो । सुदूरपश्चिमको डडेल्धुरामा जन्मिनुभएका भण्डारीले २०४४ सालदेखि खेलकुद पत्रकारिता गर्दै आउनुभएको छ । 

त्यस्तै, कान्तिपुर टेलिभिजनमा कार्यरत सापकोटा पछिल्लो ६ वर्षयता खेलकुद पत्रकारितामा सक्रिय रहनुभएको छ । उहाँले सम्मानसहित ताम्रापत्र र एक थान ल्यापटप प्राप्त गर्नुभयो । मन्त्री चौधरीले सम्मानित पत्रकारद्वयलाई बधाई दिँदै नेपाली खेलकुद क्षेत्रले प्रतीक्षा गरिरहेको दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नै आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ गतेदेखि कर्णाली प्रदेशमा आयोजना गर्ने तय भएको छ । 

त्यस्तै, राखेप सदस्यसचिव घिसिङले नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विशेष रहेको बताउनुभयो । ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नाराका साथ मञ्चले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसरमा  अवार्ड प्रदान गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै