समाचार

उपराष्ट्रपति र संयुक्त अधिराज्यका राजदूत फेनबीच भेटवार्ता

काठमाडौँ  ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई अझ प्रवद्र्धन गर्ने विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।