
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उहाँले आगामी पेरिस ओलम्पिक, २०२४ का लागि छनोट भएका खेलाडीहरुको सहभागिता व्यवस्थित गर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “पेरिसमा हुने ओलम्पिक प्रतियोगितामा छनोट भएका खेलाडीहरूको प्रशिक्षण र सहभागीतालाई व्यवस्थित गर्न निर्देशन दिन्छु ।” साथै आगामी मंसिरमा कर्णालीमा हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न निर्देशन दिनुभयो । उहाँले युवा स्वरोजगारलाई व्यवस्थापन गर्न नेपाली युवाहरूलाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग समन्वय गरेर नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री चौधरीले वर्षाका कारण देशभर भएका विपद्का घटनामा नेपाल स्काउटका स्वयंसेवक तथा खेलाडीलाई परिचालित भएर तत्काल राहत तथा उद्धारमा खटिन निर्देशन दिनुभयो ।
उहाँले खेल सङ्घमा देखिएको विवादलाई टुङ्ग्याएर खेल क्षेत्रमा सकारात्मक सन्देशका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “विभिन्न खेल सङ्घमा देखिएका विवादलाई समयमै टुङ्ग्याएर खेल क्षेत्र एकजुट छ भन्ने सन्देश दिन जरूरी छ”, उहाँले भन्नुभयो, “त्यसको पहल गर्न राष्ट्रिय खेलकुद परिषद्लाई विशेष निर्देशन दिन्छु ।”
राष्ट्रिय खेलकुद परिषद्मा प्राविधिक जनशक्तिको अभाव भएको विषयमा आफू जानकार रहेका कारण यसमा पनि आफ्नो विशेष पहल रहने उहाँको भनाइ थियो ।
बुबा सतौन चाधरी र आमा नैनवत्ति चौधरीको कोखबाट विस २०१९ असोज १४ गते सप्तरीको खडक नगरपालिका–८ स्थित महिया टोलमा जन्मनुभएका मन्त्री चौधरी २०७९ मा सप्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन सांसद हुनुहुन्छ । विसं २०७३ मा उहाँ खेलकुद राज्यमन्त्री हुनुभएको थियो । मन्त्री चौधरी भलिबलका खेलाडीसमेत हुनुहुन्थ्यो ।
विसं २०३६ सालदेखि नेविसङ्घमा आबद्ध उहाँ २०४६ सालमा महासमिति सदस्य हुनुभयो । उहाँ २०५२ सालबाट राजनीतिक दलमा आबद्ध हुनुभएको थियो । चौधरी विसं २०७० को दोस्रो संविधानसभा सदस्य तथा २०७४ सालमा प्रतिनिधिसभा सदस्य हुनुहुनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै