
काठमाडौँ । अष्ट्रेलियाली सरकारले मे महिनामा चीनतर्फ जाने मदिरा निर्यातमा भएको वृद्धि स्वागतयोग्य भएको बताएको छ ।
कृषि, मत्स्य पालन तथा वनमन्त्री मुरे वाटले सोमबार भन्नुभयो, अष्ट्रेलियाले मे महिनामा चीनमा ९८ लाख बन्द बोतल मदिरा ((वाइन) निर्यात गरेको थियो जसको कुल मूल्य १४२।२ मिलियन अष्ट्रेलियन डलर (९६.३ मिलियन अमेरिकी डलर) हुन्छ ।
यो सन् २०१९ यता अस्ट्रेलियाबाट चीनतर्फ बोतलबन्द वाइन निर्यातको चौथो उच्च मासिक आँकडा हो ।
कोभिड–१९ महामारीअघि सन् २०१९ को औसत मासिक निर्यात मूल्यभन्दा मे महिनामा निर्यातको कुल मूल्य पाँच करोड अष्ट्रेलियन डलर (तीन करोड ३८ लाख अमेरिकी डलर) बढी देखिएको छ ।
चीनको वाणिज्य मन्त्रालयले गत मार्चमा अष्ट्रेलियाली वाइनमा लगाइएको ‘एन्टी डम्पिङ’ र ‘एन्टी–सब्सिडी’ कर अन्त्य गर्ने घोषणा गरेको थियो । मन्त्री वाटद्वारा जारी वक्तब्यमा भनिएको छ, “मे को निर्यातको आँकडाले चीनसँगको सम्बन्धलाई स्थिर बनाउन सत्तारुढ लेबर पार्टीको कामको महत्वलाई दर्शाउँछ ।”
“यसले अब अष्ट्रेलियाली किसानहरू र सम्पूर्ण कृषि उद्योगलाई वास्तविक लाभांश प्रदान गरिरहेको छ,” उहाँले भन्नुभयो ।
“मूल्य र आयतनमा यो विशाल वृद्धि हाम्रा धेरै प्रतिभाशाली वाइन निर्माताहरूको लागि खुशीको खबर हो ।
मे महिनामा चीननिर्यात गरिएको बोतलबन्द वाइनमध्ये १२ करोड ५० लाख अष्ट्रेलियाली डलर (आठ करोड ४६ लाख अमेरिकी डलर) बराबरको ७४ लाख लिटर वाइन साउथ अस्ट्रेलिया (एसए) को वाइनरीबाट आएको थियो ।
वाइन अस्ट्रेलियाका अनुसार अस्ट्रेलियाको वार्षिक वाइन उत्पादनको करिब ५० प्रतिशत हिस्सा दक्षिणी राज्यले ओगटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण