
काठमाडौँ । मनसुन मौसमलाई उत्सव मनाउँदै मोडल निशु श्रीपालीद्वारा अभिनित ‘सिमसिमे पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
कोहलपुर घर भएकी श्रीपालीको यो पहिलो म्युजिक भिडियो हो । नृत्य र मोडलिङ क्षेत्रमा करिअर बनाउने उदेश्यका साथ युट्युबमार्फत म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । म्युजिक भिडियोमा श्रीपालीसँगै रमेश नेप्किङको अभिनय छ । साथै गीतमा अर्जुन बराइली र चन्द्र सुनार स्वर रहेको छ ।
निरज रासकोटीले म्युजिक भिडियोको सङ्गीत संयोजन र एरेन्ज गर्नुभएको छ भने रासकोटीले नै निर्देशन र सम्पादन गर्नुभएको हो । धीरज खड्काको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा दुई प्रेमीको वर्षात्मा हुने रोमाञ्चक भाव कथा शैलीमा प्रस्तुत गरिएको छ ।
तेइस वर्षीया मोडल श्रीपालीले पहिलो म्युजिक भिडियोको प्रभाव बढेपछि तीज गीतमा समेत भिडियो बनाउने अवसर आएको बताउनुभयो । उहाँले तीजकै लक्षित शान्ती श्री परियारको तीज गीतमा म्युजिक भिडियो बनाउन लागेको बताउनुभयो । ‘तीजका लागि थुपै्र अन्य म्युजिक भिडियोमा अभिनय गर्ने अवसर आएका छन’ उहाँले भन्नुभयो– ‘यसले मेरो अभिनय रुचि बढाउन हौसला मिलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण