
काठमाडौँ । नासाका अन्तरिक्ष यात्री सुनीता ‘सुनी’ विलियम्स र ब्यारी ‘बुच’ विल्मोर केही साता अन्तरिक्षमा नै बस्नुपर्ने सम्भावना रहेको छ ।
गत महिना नै पृथ्वीमा फर्कने गरी बोइङको स्टारलाइनर यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुग्नुभएका ‘सुनी’ विलियम्स र ब्यारी ‘बुच’ विल्मोर अगस्टसम्म अन्तरिक्षमा बस्नुपर्ने भएको रहेको हो ।
इन्जिनियरहरूले प्राविधिक समस्याहरू समाधान जारी राख्दा दुई अन्तरिक्ष यात्रीलाई निर्धारितभन्दा लामो समयसम्म अन्तरिक्षमा राखिएको हो । विलियम्स र विल्मोरले अन्तरिक्षबाट आफ्नो पहिलो पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुराकानी गर्नुभएको छ ।
विभिन्न सुरक्षा चिन्ताका कारण स्टारलाइनर प्रक्षेपणका क्रममा शृङ्खलाबद्ध ढिलाइको अनुभव गरेको थियो । विलियम्स र विल्मोर बोइङ–निर्मित स्टारलाइनर क्याप्सुलको ऐतिहासिक परीक्षण मिसनमा पहिलो मानव चालक दल हुनुहुन्छ ।
स्टारलाइनरले आफूलाई पृथ्वीमा फिर्ता ल्याउन सक्ने विश्वास दुई अन्तरिक्ष यात्रीले व्यक्त गर्नुभएको छ । यद्यपि नासाले अन्तरिक्ष यात्रीहरूका लागि अनुमानित फिर्ती मिति साझा गरेको छैन । विल्मोरले उहाँहरूलाई घर पुर्याउने स्टारलाइनरको क्षमतामा पूर्णरूपमा विश्वस्त रहेको बताउनुभयो ।
‘अन्तरिक्ष यान हामीलाई पृथ्वीमा फिर्ता ल्याउन सक्षम छ भन्नेमा म विश्वस्त छु, कुनै समस्या छैन’ विलियम्सले आइएसएसबाट पत्रकारहरूलाई भन्नुभयो– ‘हामी यहाँ थप दुई हप्ता रहनुपर्दा मेरो कुनै गुनासो छैन, बुचको कुनै गुनासो छैन ।’ भारतीय मूलका नासाका अन्तरिक्ष यात्रीको अन्तरिक्षमा यो तेस्रो यात्रा हो ।
विल्मोर र विलियम्सले नासाको बोइङ क्रू फ्लाइट टेस्ट मिसनका लागि फ्लोरिडाको केप क्यानभेरल स्पेस फोर्स स्टेसनमा स्पेस लन्च कम्प्लेक्स–४१ बाट युनाइटेड लन्च एलायन्स एटलस ५ रकेटमा जुन ५ मा प्रक्षेपण गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण