
काठमाडौँँ । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) ले युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण शुरु गरेको छ ।
नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा किएभलाई गठबन्धनमा अन्तिम सदस्यताका लागि वाचा गर्दै सहयोगी राष्ट्रहरूले बुधबार युक्रेनमा एफ–१६ लडाकू जेटहरू हस्तान्तरण गर्न थालेको घोषणा गरेको हो ।
अमेरिकी राजधानीमा आयोजित तीन दिने सम्मेलनमा राष्ट्रपति जो बाइडेनले पश्चिमलाई भेला गर्ने लक्ष्य राख्नुभएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेपछि दुई वर्षमा तीव्र गतिमा बढेको रुसको सैन्य उत्पादनसँग तालमेल राख्न आग्रह गर्नुअघि बाइडेनले गठबन्धनका अन्य ३१ नेतालाई व्यक्तिगत रूपमा वासिङ्टनमा स्वागत गर्नुभएको हो ।
‘हामी नाटो क्षेत्रको हरेक इन्चको रक्षा गर्न सक्छौँ र गर्नेछौँ’ बाइडेनले वासिङ्गटनको सम्मेलन सेन्टरमा गठबन्धनको औपचारिक निर्णय गर्ने निकाय नर्थ एटलान्टिक काउन्सिललाई भन्नुभयो ।
उहाँले गत वर्ष किएभलाई दिएको प्रतिज्ञा पूरा गर्दै डेनमार्क र नेदरल्यान्ड्सले अमेरिकी निर्मित एफ–१६ लडाकू जेटहरू युक्रेनमा पठाउन थालेको घोषणा गर्नुभएको छ । यसअघि उहाँले युक्रेनका लागि नयाँ हवाई रक्षा प्रणाली सहायता प्रदान गर्ने घोषणा गर्नुभएको थियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भन्नुभयो– ‘एफ–१६ हस्तान्तरणले राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनलाई हराउने सोचको अन्त्य गर्नेछ ।’
शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले युक्रेनमा मिसाइल आक्रमण गर्दा दर्जनौँको ज्यान गएको थियो । आक्रमणमा किएभस्थित बाल अस्पताल भग्नावशेषमा परिणत भएको थियो ।बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई शिखर सम्मेलनमा आमन्त्रित गर्नुभएको थियो । सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले एफ–१६ सहायताका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण