
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमणविरुद्ध युक्रेनको रक्षा गर्न नाटोको समर्थन गर्ने वाचा गर्नुभएको छ ।
‘पुटिन युक्रेनमा पूर्ण कब्जा गर्न चाहनुहुन्छ, उहाँले युक्रेनको लोकतन्त्रको अन्त्य, संस्कृतिलाई नष्ट गर्न र युक्रेनको भौगोलिक अस्तित्वलाई मेटाउन चाहनुहुन्छ’ राष्ट्रपति बाइडेनले मङ्गलबार वाशिङ्गटन डिसीमा आयोजित ३ दिने नाटो शिखर सम्मेलनको उद्घाटनालाई सम्बोधन गर्दै भन्नुभयो । उहाँले संयुक्त राज्य अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, रोमानिया र इटालीले युक्रेनलाई पाँच अतिरिक्त रणनीतिक हवाई रक्षा प्रणालीका उपकरणहरू प्रदान गर्ने बताउनुभयो ।
बाइडेनले भन्नुभयो– ‘संयुक्त राज्य अमेरिकाले युक्रेनलाई महत्वपूर्ण हवाई प्रतिरक्षा प्रणाली (इन्टरसेप्टर) निर्यात गर्ने सुनिश्चित गर्नेछ । अरू कुनै देशले यो सहायता प्राप्त गर्नुअघि युक्रेनले यो सहायता पाउनेछ ।’ उहाँले युक्रेन स्वतन्त्र देश रहेको र स्वतन्त्र रहँदै युद्ध समाप्त हुनेमा जोड दिनुभयो । ‘रूसको विजय हुने छैन, युक्रेन विजयी हुनेछ’ राष्ट्रपति बाइडेनले भन्नुभयो ।
युक्रेनको हवाई रक्षा सुदृढीकरणसम्बन्धी संयुक्त वक्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडेन, नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक सुफ, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, रोमानियाका राष्ट्रपति क्लाउस इओहानिस र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हस्ताक्षर गर्नुभएको छ ।
‘पाँच रणनीतिक हवाई–रक्षा प्रणालीले युक्रेनी सहर, नागरिक र सैनिकहरूको रक्षा गर्न मद्दत गर्नेछ र यी प्रणालीहरू द्रुत रूपमा प्रयोग गर्न सकियोस् भनी हामी युक्रेनी सरकारसँग समन्वय गर्दैछौं’ संयुक्त विज्ञप्तिमार्फत जानकारी गराइएको छ । ‘यो सहयोग हाम्रो देशलाई मात्र आवश्यक नभई हरेक साझेदार राष्ट्रका लागि आवश्यक छ’ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभयो ।
यसैबीच, नाटो शिखर सम्मेलनको उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति बाइडेनले नाटोका महासचिव स्टोल्टेनबर्गलाई संयुक्त राज्य अमेरिकाको सर्वोच्च नागरिक सम्मान, प्रेसिडेन्सियल मेडल अफ फ्रिडमबाट सम्मानित गर्नुभएको छ ।
नाटोका ३२ सदस्य र पाँच साझेदार देश सदस्य रहेको अस्ट्रेलिया, न्यूजील्यान्ड, युक्रेन, दक्षिण कोरिया र जापानका नेताहरूले सन् १९४९ ४ अप्रिलमा स्थापना भएको सैन्य गठबन्धनको सम्झनामा शिखर सम्मेलनमा भाग लिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन