
काठमाडौँ । इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियानले जुलाई ३० मा संसद्समक्ष पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।
इरानी विधायिकाको पद तथा गोपनियताको सपथ ग्रहण समितिका सदस्य मोज्ताबा युसेफीाई उद्धृत गर्दै सरकारी समाचार संस्था आईआरएनएले लेखेको छ– ‘नवनिर्वाचित राष्ट्रपति पेजेस्कियानको शपथ ग्रहण समारोह जुलाई ३० मा हुनेछ ।’
युसुफीले यसै साताको सुरुमा सपथ ग्रहण अगस्ट ४ वा ५ मा हुने सम्भावना रहेको बताउनुभएको थियो । इरानका राष्ट्रपतिलाई राष्ट्रप्रमुखको अधिकार दिइएको छैन । राष्ट्रप्रमुखले सम्हाल्ने सबै अन्तिम अधिकार सर्बोच्च नेतालाई दिइएको छ । अयातुल्लाह अली खामेनीले ३५ वर्षदेखि यो पद सम्हाल्दै आउनुभएको छ ।
गत शुक्रबार )जुलाई ५) मा भएको निर्वाचनमा पेजेस्कियानले परम्परावादी समूहका सइद जलीलीलाई पराजित गर्दै दोस्रो चरणको निर्वाचनमा जित हात पार्नुभएको थियो । निर्वाचनमा ६९ वर्षीय सुधारवादी पेजेस्किएनले कूल खसेको तीन करोड मतमध्ये करिब ५४ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।
गत मे महिनामा राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि जुन २८ का लागि पहिलो चरणको निर्वाचनको घोषणा गरिएको थियो । पहिलो चरणको निर्बाचनमा कुनै पनि उम्मेदवारले स्पस्ट बहुमत अर्थात् खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउन असफल भएपछि प्रतिस्पर्धी दुई उम्मेदवारबीच जुलाई ५ मा दोस्रो चरणको निर्वाचन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण