
काठमाडौँ । रुसी सेनामा कार्यरत भारतीयलाई फिर्ता गर्न छलफल भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा प्रधानमन्त्री नरेन्द्र मोदीले यो मुद्दा उठाउनु भएको हो । प्रधानमन्त्री मोदीले सोमबार मस्कोस्थित राष्ट्रपति निवासमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्तामा यस्तो छलफल भएको हो ।
सामाजिक सञ्जाल एक्सको पोस्टमा मोदीले मङ्गलबार साँझ नोभो–ओगेरियोभोमा स्वागत गरेकोमा राष्ट्रपति पुटिनप्रति कृतज्ञता व्यक्त गर्दै भोलिपल्ट पनि वार्ताको प्रतिक्षामा रहेको र वार्ताले भारत र रुस बिचको मित्रतालाई अझ बलियो बनाउन सहयोग गर्ने जनाउनु भएको थियो ।
रुसी सेनाका लागि काम गर्ने भारतीयको मुद्दा विपक्षीले उठाएका थिए र कांग्रसले यस विषयमा सरकारको स्थिति माथि प्रश्न उठाएको थियो ।
कांग्रेस राज्यसभा सांसद जयराम रमेशले प्रधानमन्त्रीलाई प्रश्नको श्रृङ्खलामाा मुद्दा उठाउँदै मस्कोस्थित भारतीय दूतावासको तथ्याङ्क अनुसार कम्तीमा ५०जना भारतीय नागरिक रुसी सेनामा सामेल भएको जनाउनु भएको थियो । ती मध्ये कम्तीमा दुई जना व्यक्ति युद्धमा मारिएको पुष्टि भइसकेको छ ।
यसैबीच दुई नेताले युक्रेनको अवस्थाबारे पनि छलफल भएको तथा थप विस्तृत छलफल आज पछि हुने स्रोतले जनाएको छ । सरकारी स्रोतका अनुसार युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा पाउन नसकिने भारतको धारणा छ । यो विश्वव्यापी दृष्टिकोण पनि हो र स्वाभाविक रूपमा संवाद र कूटनीति मार्फत द्वन्द्वको समाधानका लागि दुवै पक्षहरू हुनु आवश्यक छ ।
प्रधानमन्त्री मोदीले मङ्गलबार सैनिकको चिहानमा पुष्पचक्र अर्पण गर्ने तथा रोसाटम मण्डपको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
यसअघि सोमबार प्रधानमन्त्री मोदी २२ औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा दुई दिने आधिकारिक भ्रमणका लागि मस्को पुग्न भएको हो । रुसका प्रथम उपप्रधानमन्त्री डेनिस मन्टुरोभले प्रधानमन्त्री मोदीलाई भ्नुकोवो–२ विमानस्थलमा स्वागत गर्नु जहाँ प्रधानमन्त्री मोदीलाई औपचारिक स्वागत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै