
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय प्रमुखले साना उद्यमलाई बलियो समर्थनको लागि आह्वान गर्नुभएको छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार रोजगारी सिर्जना गरी गरिबी उन्मूलन गर्न सूक्ष्म, लघु तथा मध्यम उद्यम (एमएसएमई) लाई बलियो सहयोग गर्न आह्वान गर्नु भएको हो । सूक्ष्म, लघु र मध्यम आकारको उद्यम दिवसको सन्देशमा गुटेरेसले रोजगार सिर्जना गर्न, आर्थिक विकासलाई अगाडि बढाउन र महिला, युवा र सीमान्तकृत समुदायको सशक्तिकरणमा उनीहरूको महत्त्वपूर्ण योगदानलाई जोड दिँदै एमएसएमई विश्वभरका अर्थतन्त्रको केन्द्रबिन्दु भएको बताउनु भयो ।
यस वर्षको विषयवस्तु गरिबी उन्मूलन र दिगो विकास लक्ष्य प्राप्त गर्न यी उद्यमको भूमिकामा केन्द्रित भएको जनाउदै उहाँले सङ्कटको समयमा एमएसएमईले उल्लेखनीय लचिलोपन प्रदर्शन गरेको बताउनु भएको छ ।
एमएसएमईले वित्त, प्रविधि, बजार र आपूर्ति श्रृङ्खलामा सीमित पहुँचको सामना गर्नु परेको उल्लेख गर्दै गुटेरेसले यी उद्यमलाई नीति, समर्थन संरचना र लगानी चाहिने प्रकाश पार्नु भयो । जसले उनीहरूको विकास र औपचारिकतालाई बढावा दिई फलस्वरूप, समुदायलाई समृद्ध बनाउन, कमजोरको उत्थान गर्न मद्दत गर्दछ । सूक्ष्म, लघु र मध्यम आकारको उद्यम दिवस मनाउँदा संस्थाको समर्थन बलियो बनाउने, दिगो विकास लक्ष्यतर्फको प्रगतिलाई गति दिने र कसैलाई पनि पछाडि नछोड्ने प्रतिवद्धता उहाँले दोहोर्याउनु भयो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर ९० प्रतिशत व्यवसाय ६०–७० प्रतिशत रोजगारी र कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशत हिस्सा एमएसएमईले ओगटेको छ ।
अप्रिल २०१७ मा, राष्ट्रसङ्घीय महासभाले संयुक्त राष्ट्रसङ्घका दिगो विकास लक्ष्यको उपलब्धिमा एमएसएमईको योगदानको बारेमा चेतना जगाउन जुन –२७ लाई सूक्ष्म, साना र मध्यम आकारको उद्यम दिवसको रूपमा तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन