
काठमाडौँ । ई-स्पोर्टस सङ्घ नेपालको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई आज पुरस्कृत गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले आज आयोजित एक कार्यक्रममा मोबाइल लिजेन्ड र ई(फुटबलका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिता सुर्खेतमा असार १४ र १५ गते भएको थियो ।
प्रतियोगितामा मोबाइल लिजेन्डमा शीर्ष आठ स्थान हासिल गर्ने क्रमशः हाई भोल्टेजले ६० हजार, कोड रेडले ४० हजार, सिक्सटी नाइन गेमिङले ३० हजार, वीरे नुनले २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान १५र१५ हजार प्राप्त गरे । मिडनाइट ह्याभक २० हजार र गुड नाइटले समान १०(१० हजार रुपैयाँ पुरस्कार पाए ।
ई फुटबलमा पहिलो भएका गौरव पुडासैनीले ४० हजार, दोस्रो भएका सन्देश ओझाले ३० हजार, तेस्रो भएका रोशन शर्माले २० हजार तथा चौथो भएका निखिल हमालले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा सदस्य सचिव घिसिङले ई स्पोर्टस सङ्घलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकामा बधाई दिँदै ई(स्पोर्टसलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाएर देशको प्रतिष्ठा अभिवृद्धि गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो ।
सदस्य सचिव घिसिङले ई(स्पोर्टस समाजको विकास चरणले मागेको खेल भएको बताउँदै आजको पुस्ता कुन खेलतर्फ आकर्षित छ भन्ने कुरालाई दृष्टिगत गरी त्यही अनुरुप सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राखेपका सदस्यसमेत रहनुभएका ई(स्पोर्टसका अध्यक्ष अञ्जन धमलाले ठूलो चुनौतीका बीच सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकामा राखेपलाई धन्यवाद दिँदै वार्षिक पात्रो नै तयारी गरी सङ्घ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै