
काठमाडौँ । बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान गर्नुभएको छ । हसिना चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा चार दिने राजकीय भ्रमणमा बेइजिङका लागि ढाकाबाट सोमबार प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री हसिनाको चीन भ्रमणले बङ्गलादेश र चीनबिचको ‘रणनीतिक साझेदारी’ लाई ‘व्यापक रणनीतिक समन्वयात्मक साझेदारी’ मा उकास्ने विश्वास गरिएको ढाका ट्रिब्यूनले जनाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अक्टोबर २०१६ मा बङ्गलादेशको भ्रमण गर्नु भएको थियो । जसमा दुई देशले आफ्नो सम्बन्धलाई ‘रणनीतिक साझेदारी’ मा स्तरोन्नति गरेका थिए भने शेख हसिनाले अन्तिम पटक जुलाई २०१९ मा बेइजिङ भ्रमण गर्नुभएको थियो ।
बङ्गगलादेशको दैनिक समाचारपत्र ‘द डेली स्टार’का अनुसार हसिना र उहाँको टोलीलाई लिएर विमान बङ्गलादेश एयरलाइन्सको विशेष उडान सोमबार बिहान ११ः०५ मा हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको थियो । चीन भ्रमणको क्रममा हसिनाले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली किआङसँग छुट्टाछुट्टै बैठक गर्नुहुने छ भने दुई देशबिच व्यापार, व्यापार र लगानीका अवसरसम्बन्धी शिखर सम्मेलनमा भाग लिनुहुनेछ ।
ढाका र बेइजिङले २० वटा वा सोभन्दा बढी एमओयूमा हस्ताक्षर गर्ने र दुई पक्षबिचको द्विपक्षीय बैठकपछि केही विकास परियोजनाको उद्घाटन गर्ने सम्भावना रहेको डेली स्टारले जनाएको छ । बङ्गलादेशले लगानी र व्यापार, आर्थिक सहायता र रोहिङ्ग्यालाई उनीहरूको मातृभूमिमा फिर्ता गर्ने क्षेत्रमा चीनको सहयोग माग्ने योजना तय भएको, विदेश मन्त्री हसन महमुदले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
हसिनाको चीन भ्रमण अघि ढाकामा एक कार्यक्रमलाई सम्बोधन गर्दै अवामी लिगका महासचिव ओबैदुल कादरले भारतलाई बङ्गलादेशको राजनीतिक मित्र र चीनलाई यसको विकास साझेदारका रूपमा वर्णन गर्नुभएको थियो ।
चीनले बङ्गलदेशको धेरै क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताउदै देशको समग्र प्रगतिको लागि चीनबाट समर्थन स्वीकार नगर्ने कादरलाई उद्धृत गरी द डेली स्टारले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै