
काठमाडौँ । जापान र फिलिपिन्सबीच रक्षा सम्झौतामा हस्ताक्षर भएको छ ।
जापान र फिलिपिन्सले सोमबार क्षेत्रीय पानीमा चीनको बढ्दो दाबीको बीचमा घनिष्ठ सुरक्षा सहयोगका लागि संयुक्त अभ्यासलाई सहज बनाउन द्विपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
जापानी विदेश मन्त्री कामिकावा योको र फिलिपिन्सका रक्षा सचिव गिल्बर्ट टिओडोरो जुनियरले राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियरको उपस्थितिमा मलाकान दरबारमा एक समारोहमा पारस्परिक पहुँच सम्झौता (आरएए) मा हस्ताक्षर गर्नुभएको हो ।
नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गर्नुअघि राष्ट्रपति मार्कोसले कामिकावा र जापानी रक्षामन्त्री मिनोरु किहारासँग भेटवार्ता गर्नुभएको थियो । मार्कोसले सम्झौतालाई महत्त्वपूर्ण सम्झौता भन्दै कामिकावाले आरएएको हस्ताक्षर दुई देशका लागि द्विपक्षीय सम्बन्धलाई समृद्ध बनाउने ठूलो उपलब्धि भएको बताउनुभयो ।
फिलिपिन्स र जापानका सम्बन्धित विधायीकी निकायद्वारा अनुमोदन भएपछि लागु हुने यो सम्झौताले जापान सेल्फ डिफेन्स फोर्स र फिलिपिन्स सेनाबिच एक अर्काको देशमा संयुक्त अभ्यास र विपद् राहत कार्यका लागि कर्मचारी स्थानान्तरणमा प्रतिबन्ध कम गर्ने अपेक्षा गरिएको छ ।
गत नोभेम्बरमा जापानी प्रधानमन्त्री फुमियो किशिदा र मार्कोसले वार्ता सुरु गर्न सहमति गरेपछि यो सन्धि भएको हो । फिलिपिन्स समाचार एजेन्सीका अनुसार, फिलिपिन्सले संयुक्त राज्य अमेरिका र अस्ट्रेलियासँग यस्तै रक्षा सम्झौता गरेको छ भने फ्रान्ससँग अर्को रक्षा सम्झौता भइरहेको छ ।
त्यसैगरी, जापानले अस्ट्रेलिया र बेलायतसँग यस्तो सम्झौता गरेको छ भने अमेरिकासँग ‘स्टेट्स अफ फोर्सेज एग्रिमेन्ट’ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण