
काठमाडौँ । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो ) स्थापनाको ७५ वर्ष पूरा भएको छ ।
नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्मेलनको उद्देश्य ठुलो र बलियो गठबन्धनको विजय प्रदर्शन गर्नु रहेको थियो । तर युक्रेन युद्ध र एटलान्टिकको दुवै छेउमा चुनावी परिणामको छाँयाका विषयमा छलफल गर्न नेताहरू वासिङ्टनमा भेला हुने भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबारदेखि तीन दिनका लागि आयोजित सम्मेलनमा ३२ ट्रान्सएटलान्टिक राष्ट्र गठबन्धनका नेताहरूलाई स्वागत गर्ने तयारीमा हुनुहुन्छ ।
बाइडेनले एसियामा नाटोको बढ्दो भूमिकाको सङ्केत गर्न अस्ट्रेलिया, जापान, न्यूजील्यान्ड र दक्षिण कोरियाका नेताहरूलाई पनि आमन्त्रित गर्नुभएको छ ।
विश्वव्यासपी समर्थन खोजी गरिरहनुभएका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की सम्मेलनको मुख्य पात्र हुनुहुनेछ । यद्यपि नाटोले युक्रेनलाई सम्मेलनको निमन्त्रणा दिने छैन ।
तत्कालिन सोभियत सङ्घविरुद्ध सामूहिक रक्षा प्रदान गर्न १९४९ मा स्थापित नाटो सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनलाई समर्थन गर्दै आफ्नो पुरानै स्वरुपमा फर्किएको छ ।
‘युरोपेली सुरक्षाका लागि महत्वपूर्ण मोडमा भइरहेको यो शिखर सम्मेलन प्रारम्भिक योजनाभन्दा धेरै फरक हुनेछ’ एक युरोपेली अधिकारीले बताउनुभयो ।
सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडीजका युरोप, रूस र युरेशिया कार्यक्रमका निर्देशक म्याक्स बर्गम्यानले यो शिखर सम्मेलन ‘सबैभन्दा राम्रो साथै सबैभन्दा खराब समय’ मा हुन लागेको बताउनुभयो ।
‘सबैभन्दा राम्रो समय यस अर्थमा कि रूसलाई रोक्न गठबन्धनका सदस्यहरूले बढी खर्च गरिरहेका छन्’ उहाँले भन्नुभयो । युक्रेन युद्धमा युरोपेली रक्षा खर्च बढ्ने र संयुक्त राज्य अमेरिकाको विश्वसनीयताबारे चिन्ता हुनसक्ने चुनौतीसँगै यसलाई खराब समय भएको बताउनुभयो । विगतमा रूसी शक्तिशाली नेता भ्लादिमिर पुटिनको प्रशंसा गर्दै आउनुभएका डोनाल्ड ट्रम्पले लामो समयदेखि नाटोलाई संयुक्त राज्य अमेरिकामा अनुचित आर्थिक बोझको रूपमा आलोचना गर्दै आउनुभएको छ ।
नाटोका निवर्तमान महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनका लागि सैन्य सहायताको समन्वयमा संयुक्त राज्य अमेरिकालाई मात्र नभई गठबन्धनलाई नै अगाडि राख्ने प्रयासको नेतृत्व गर्नुभएको छ ।
किएभ रूसविरुद्ध लामो युद्धको लागि तयारी गरिरहँदा स्टोल्टेनबर्गले गठबन्धनसँग विश्वसनीय र लगातार समर्थन सुनिश्चित गर्दै युक्रेनका लागि प्रति वर्ष कम्तिमा ४० अर्ब यूरो सैन्य सहायतामा प्रतिवद्ध रहने आशा गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै