
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी क्षेत्रमा अनुगमन गर्ने संस्था नहुँदा समस्या भएको बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले १०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सहकारीका समस्या समाधानका लागि संरचना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले सहकारीको बचत अनियमितता गर्ने विरुद्ध उच्च तहबाटै संरक्षण भएको दाबी गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का नेता लीलामणि पोखरेलले १६औँ आवधिक योजनामा सहकारीबारेमा १५औँ योजनामा भन्दा पश्चगामी व्यवस्था गरिनु उचित नभएको बताउनुभयो । सहकारी संस्था सञ्चालनको अनुभव नै नभएकालाई सहकारीको नेता बनाउने व्यवस्था नै गलत रहेको उहाँको भनाइ छ ।
महासङ्घका पूर्वअध्यक्ष केशवप्रसाद बडालले हाल ३० हजारको हाराहारीमा सहकारी संस्था भए पनि करिब एक सयमा समस्या देखिएको दाबी गर्नुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीको शुद्धीकरणमा यस क्षेत्रका सङ्घसंस्था खरो रूपमा उत्रनुपर्नेमा जोड दिनुभयो ।
आगामी आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्र प्राथमिकतामा परेको उल्लेख गर्नुहुँदै उहाँले एकतिहाइ जनता आबद्ध अभियानलाई सही रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष बडालसहित सहकारी क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, महासङ्घका अध्यक्ष ओमदेवी मल्ललगायतले सहकारी क्षेत्रमा देखापरेका समस्या समाधानका लागि सहकारी कानुन संशोधन गरिनुपर्नेमा जोड दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन