
जनकपुर । बजेट पुनःलेखनको माग गर्दै मधेश प्रदेशसभाको आजको बैठक शुरु भएको केही बेरमै स्थगन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की सांसद रानी शर्मा तिवारीले अवरोध गरेपछि बैठक स्थगन भएको हो ।
प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले पेश गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल हुने तय भएको थियो । बिहान ११ बजेका लागि बोलाएको बैठक ढिलो गरी शुरु भएको थियो ।
बैठक शुरु हुने बित्तिक्कै लोसपाकी सांसख शर्मा तिवारीले असार १६ गते मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको र त्यस विषयमा सरकारको धारणा नआएसम्म बजेटमाथि छलफल गर्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘माग पूरा नभएसम्म बजेटमाथि छलफल हुँदैन ।’
प्रदेश सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगन गर्नुभए पनि अहिलेसम्म बस्न सकेको छैन । अहिले सभामुख मण्डलको उपस्थितिमा विभिन्न दलका नेता सम्मिलित बैठक प्रदेशसभा सचिवालयमा जारी छ ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोसपासहित चार दलले बुझाएको ध्यानाकर्षण पत्रको विषयमा आधिकारिक धारणा आएपछि मात्र बजेटमाथि छलफल हुनेछ ।
असार १ गते मधेस प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट प्रदेशसभामा पेश गर्नुभएको थियो । चालुतर्फ १६ अर्ब ७ लाख १ हजार र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ को बजेट सार्वजनिक गरिएको छे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन