
चितवन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले राजनीतिक स्थायित्वका लागि संसदमा प्रतिनिधित्व गर्ने दुई ठूला दल मिलेको बताउनुभएको छ ।
यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताउनुभयो । उहाँले भन्नुभयो– ‘दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आवश्यक छ ।’
सङ्घीयता कार्यान्वयनमा गइसकेको भए पनि सर्वसाधारणलाई यसबारे बुझाउन नसकिएको स्वीकार गर्दै उहाँले बजेट बाँडफाँट गर्दा प्रदेशलाई दृष्टिगत गरेर केन्द्र सरकारले बजेट विनियोजन गर्नुपथ्र्यो भन्नुभयो । विकेन्द्रीकरणका माध्यमबाट मात्र चौतर्फी विकास सम्भव हुने भएकाले सबै राजनीतिक दलले यो वास्तविकतालाई मननगरी तदनुरुप गर्नुपर्नेमा जोड दिनुभयो ।
एक प्रश्नको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने विश्वास नेता कोइरालाले व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन