
काठमाडौँ । शहरी विकासमन्त्री धनबहादुर बुढाले भौगोलिक विकटताको आधारमा बजेट विनियोजन हुनु न्यायोचित रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा बोल्दै मन्त्री बुढाले दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेट विनियोज हुनु आवश्यक रहेको बताउनुभयो । ‘स्रोतको न्यायोचित वितरण केबल जनसङ्ख्याको आधारमा मात्रै गर्ने परम्पराबाट माथि उठेर भूगोल र भौगोलिक विकटतालाईसमेत मध्यनजर गरी दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेटको व्यवस्था गरिनुपर्दछ’ उहाँले भन्नुभयो । करिब ४३ हजार जनसङ्ख्या भएको डोल्पामा सहरी विकास मन्त्रालयको कूल बजेटको करिब १>८३ प्रतिशत मात्रै विनियोजन हुनु स्वभाविक, न्यायोचित र जरुरी रहेको उहाँको भनाइ छ ।
मन्त्री बुढाले वर्षनी हजारौँ पर्यटक भित्र्याउन सफल डोल्पाका बासिन्दाले नून र चामलको समेत अभाव झेल्दैआएका उल्लेख गर्नुभयो । ‘डोल्पाको भौगोलिक अवस्था र त्यहाँको आवश्यकता अनुसार विनियोजित बजेट अझै प्रर्याप्त छैन’ उहाँले भन्नुभयो । सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको मर्म र भावनाअनुरुप डोल्पाली जनताका माग केही हदसम्म वर्तमान सरकारले सम्बोधन गरेको उहाँको भनाइ छ ।
‘विकट डोल्पामा पर्याप्त मात्रामा बजेट विनियोजन गरेर द्रुतगतिमा विकास गर्न आवश्यक छ’ उहाँले भन्नुभयो । विगतमा पहुँचका भरमा केही निश्चित क्षेत्र र भूगोलका लागि मात्रै बजेट छुट्टयाउने गरेकामा शहरी विकास मन्त्रालयले यस वर्ष बिना स्वार्थ निष्पक्षरुपमा बजेट न्यून पाएका जिल्ला तथा क्षेत्रमा न्यायोचित ढङ्गले आवश्यकता र औचित्यतताका आधारमा मात्रै बजेट विनियोजन गरेको मन्त्री बुढाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन