
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशनअन्तर्गत बुधबार दलको राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा आएका सुझाव पेस गर्ने कार्यक्रम रहेको छ ।
उक्त दस्ताबेजबारे प्रतिनिधिहरूलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे शुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन् ।
समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्ताबेज परिमार्जनसहित अनुमोदन हुनेछ । त्यसपछि नेतृत्व चयन प्रक्रिया शुरु हुने एकीकृत समाजवादीले जनाएको छ ।
महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट सहभागी छन् । ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् ।
विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने एकीकृत समाजवादीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन