
काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नेकपा एमालेबाट सहभागी मन्त्रीहरुलाई आकस्मिक रुपमा अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट बोलाइएको छ ।
आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष ओलीले आकस्मिक छलफलको लागि निवासमा बोलाउनु भएको हो । एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि सत्ता समीकरण परिवर्तनको चर्चा चलिरहेका बेला मन्त्रीहरुलाई बालकोट बोलाउनु भएको हो ।
आज साँझ ६ बजे ‘बालकोटबाट आउनु भन्ने खबर आएको छ, अरु केही बताइएको छैन’ एक जना मन्त्रीले भन्नुभयो । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक लगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन