
काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा पुरानो कमिटी भंग भएसँगै १० औं महाधिवेशनको बन्द सत्रका लागि सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
काठमाडौँको प्रज्ञा जारी महाधिवेशनको बन्द सत्र सञ्चालन गरेर नयाँ कार्यसमिति चयन नहुँदासम्मका लागि खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको हो ।
यसैगरी पार्टीको प्रवक्ता जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्य बहस नोट कमिटी, गंगालाल तुलाधर र विजय पौडेल सहभागी हुने माइन्युट कमिटी पनि गठन गरिएको छ ।
बन्द सत्रमा आजै राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, समाजवादी कार्यक्रम र विधान संसोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
दस्तावेजमा छलफल भएपछि समाजवादी नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्नेछ । समाजवादीले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नेछ । अध्यक्षका लागि माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भुसाल आकांक्षी देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन