
काठमाडौँ । सत्तारुढ तथा प्रतिपक्षी राजनीतिक दलका सांसदहरुले ठूला राजनीतिक दलका शीर्ष नेताहरुबीच बैठक र संवाद हुनु सकारात्मक भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दिपक गिरीले पछिल्ला दिनमा ठूला दलका शीर्ष नेताबीचको सघन संवादले आशाको सञ्चार जगाएको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि ठूला राजनीतिक दलबीच सहमति र सहकार्य आवश्यक रहेको खाँचो औँंल्याउनुभयो ।
सांसद गिरीले एइईमा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुनु राम्रो सङ्केत नभएको भन्दै खस्कँदो विद्यालय शिक्षा सुधार गर्दै बालबालिकालाई आधारभूत र गुणस्तरीय शिक्षाको सुनिश्चित गर्न माग गर्नुभयो । उहाँले दाङको टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तार गर्न माग गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संवाद हुनु राम्रो कुरा भएको बताउनुभयो । ठूला नेताबीचको राजनीतिक तित्तताले मुलुकको समस्या समाधान हुन नसक्ने भन्दै उहाँले नेताहरुबीचको सहमति तथा सहकार्यले मुलुकको हित र आर्थिक समृद्धिको यात्रालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
‘सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच बैठक र संवाद हुनु राम्रो कुरा हो’ उहाँले भन्नुभयो– ‘जोडदारपूर्वक मुद्दा र अडान राख्ने, परिआउँदा फेरि एकताबद्ध भएर राष्ट्रका सङ्कटलाई हल गर्ने संस्कार छ ।’ सांसद सापकोटाले शान्तिप्रक्रियाका बाँकी कामलाई चाँडो निष्कर्षमा पुर्याउन सभामुखमार्फत सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठले ‘बेल्ट एन्ड रोड इनिसिएटीभ’ बिआरआई परियोजनालाई नेपालको राष्ट्रिय हित र विकासलाई मध्यनजर गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । जलविद्युत्, रेलमार्गलगायत महत्वपूर्ण परियोजनाले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सांसद श्रेष्ठले नेपाल र भारत तथा नेपाल र चीनबीच भएका सम्झौताबारे व्यापक बहस चलिरहेकाले दुई देशबीच भएका ती सम्झौतालाई राष्ट्रिय सहमतिकासाथ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन