+

युवा स्वदेशमै बस्ने बनाउन विश्वविद्यालयको अग्रसरता अपरिहार्य : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य भएको बताउनुभएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयसभाको ३९औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय विदेशिने युवा, विद्यार्थीको सङ्ख्या वर्षेनी बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । । 

‘युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ’ प्रधानमन्त्रीले भन्नुभयो– ‘अतः २१औँ शताब्दीका युवा, विद्यार्थीका चाहना, आवश्यकता र प्राथमिकता बुझेर त्यही अनुसारका पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रम सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिन्छु ।’

पाठ्यक्रममा आमूल परिवर्तन गरेर अध्ययनसँगसँगै उद्यम अथवा निर्वाहमुखी रोजगारीको व्यवस्थाका लागि विश्वविद्यालयले विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले वैकल्पिक साधन–स्रोतको खोजीका पनि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

‘अब विश्वविद्यालयले सरकारको मुख ताकेर बस्ने होइन, हरेक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि वैकल्पिक साधन–स्रोतका खोजीका लागि ध्यान केन्द्रित गर्नैपर्छ’ प्रधानमन्त्रीले भन्नुभयो– ‘यस सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका सरकारसँगको सहकार्यमा आइपर्ने बाधा, कानुनी एवं नीतिगत समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ ।’ उहाँले ऐनको समयानुकूल परिमार्जनका लागि सरकारबाट आवश्यक सहयोग हुने बताउनुभयो । 

उच्चशिक्षामा विकासको गतिलाई व्यापक, व्यावहारिक र जीवनोपयोगी बनाउनुपर्ने सुझाव दिँदै प्रधानमन्त्री दाहालले जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको बढ्दो प्रभाव घटाउनका लागि सूक्ष्म खोज–अनुसन्धान, प्राकृतिक सम्पदा र परम्परागत ज्ञान–सीपको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धन र कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणका माध्यमबाट प्रदेशका साथै समग्र देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

खासगरी अलैँची, चिया, रूद्राक्ष, जडीबुटी, जुट, फलफूल लगायत देशका मौलिक उत्पादनका बारेमा सूक्ष्म शोध–अनुसन्धान गर्न विश्वविद्यालयलाई सुझाव दिँदै प्रधानमन्त्रीले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तारमा विश्वविद्यालयले महत्वपूर्ण योगदान गर्नुपर्ने बताउनुभयो ।

गोठगाउँमा सुविधासम्पन्न अस्पतालका साथै मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका आम जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्रीले त्यसका लागि आर्थिक स्रोतको सुनिश्चतताका साथै वैकल्पिक उपायको खोजी गरेर चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट