
चितवन । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकिएमा कृषिजन्यवस्तु आयात कम गर्न सकिने बताउनुभएको छ ।
फोर एच नेपाल नामक सस्थाद्वारा आज यहाँ आयोजित तेस्रो कृषि युवा नेतृत्व विकास सम्बन्धी सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालमा रोजगारी पाइएन भनेर विदेश पलायन हुने युवालाई रोकेर कृषि क्षेत्रमा परिचालन गर्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो– ‘रोजगारी र उच्च शिक्षाको बाहनामा नेपालीहरु विदेश पलायन भएका छन् । यसलाई रोक्ने सरकार र सांसद लाग्न जरुरी छ ।’ युवालाई कृषि क्षेत्रमा जोड्न सके खाध्यमा परनिर्भरता हट्ने उहाँले बताउनुभयो ।
हाम्रो परिवार, समाज र सिङ्गो राष्ट्रका लागि आवश्यक युवाशक्ति विदेश पलायन हुनु देशका लागि सुखद् नभएको उहाँको भनाइ छ । नयाँ सोच र नयाँ प्रतिबद्धताको आवश्यकता अहिलेको समाजमा रहेको उहाँले बताउनुभयो । राज्यले पूरा गर्नुपर्ने अभिभावकीय भूमिकालाई महत्व दिँदै युवालाई स्वदेशमा नै लगाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो– ‘यो देशमा केही हुँदैन भनेर विदेशिन चाहने युवालाई यही कर्म गर्ने वातावरण बनाउन जरुरी रहेको छ ।’ कृषिमा आधारित हाम्रो समाज, अर्थतन्त्र र उद्योगबाट नै अग्रमनको खाका तयार हुने उहाँको भनाइ छ ।
फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, द एशिया फाउण्डेशनका वातावरण अधिकृत सविना लामाले जलवायु परिवर्तनले समाजमा परेको असर रोक्नका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।
जलवायु परिवर्तनले कृषि क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको जनाउँदै उहाँहरुले कृषिलाई आधुनिकीकरण गर्दै युवाहरुको भूमिकालाई बढाउन आवश्यक रहेको बताउनुभयो । राज्यका नीति तथा कार्यक्रम युवा लक्षित बनाउँदै लैजान उहाँहरुले सुझावसमेत दिनुभयो । समिटमा कृषि क्षेत्रमा काम गर्ने एक सय बढी युवाको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन