
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकस्थित नवनिर्मित राम व्यायामशाला भवनको उद्घाटन गर्नुभएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा २५ लाख रुपैयाँ को लागतमा व्यायामशाला निर्माण भएको श्रीराम युवा कमिटीको अध्यक्ष प्रमेश्वर साहले जानकारी दिनुभएको छ ।
त्यस अवसरमा मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले युवामैत्री बजेट ल्याएको जानकारी दिँदै स्वदेशमा नै सिर्जनशील उद्यम गर्न युवालाई आग्रह गर्नुभयो । उहाँले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन यापन गर्न नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने बताउनुभयो ।
‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ हरेक पालिकासँगको समन्वयमा नागरिक आरोग्य केन्द्रको स्थापना गरी स्वस्थ्य नागरिक समृद्ध प्रदेशको अभियान समेत सञ्चालन गरिने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन