
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आमाको नामबाट नेपाली नागरिकता सहजरुपमा दिलाउन सरकारसँग माग गरेका छन् ।
आमाको नामबाट नागरिकता पाउन सहज नभएको गुनासो गर्दै उनीहरुले अशं र वंशमा नारीको अधिकार हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद गङ्गाकुमारी बेल्बासेले आमाको नामबाट नेपाली नागरिकता पाउने व्यवस्था सहज हुनुपर्ने बताउनुभयो ।
सांसद तारामान सुनुवारले समाजिक सुरक्षालगायत अन्य सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्रको व्यवस्थाका कारण नागरिकले झन्झट व्यहोर्नुपरेको बताउनुभयो ।
सांसद तुलसाकुमारी दाहालले जनकपुरस्थित जानकी वृद्धाश्रमलाई सरकारले सहयोग नगर्दा स्वास्थ्योपचार गर्न वृद्धवृद्धालाई असहज भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद भगवती न्यौपाने काठमाडौँमा ट्राफिक बत्ती जडान भए पनि राम्रोसँग काम नगरेको भन्दै सो व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
सांसद मायाप्रसाद शर्माले बाढी, पहिरोबाट घाइते भएकाको समयमै उद्धार गर्नुपर्ने तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न आवश्यक कदम चाल्न सरकारसँग माग गर्नुभयो ।
सांसद शारदादेवी भट्ट र सुमित्रा बिसीले वर्षायामको सुरुसँगै जनधनको क्षति भएको भन्दै पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै