
काठमाडौँ । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले लोकल रक्सीलाई ब्रान्डिङ गर्ने सरकारको योजनाको समर्थन गर्नुभएको छ ।
सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमा लोकल रक्सीको ब्रान्डिङ गर्ने भनेको छ । यसको समर्थन गर्दै एमाले सांसद श्रेष्ठले नेपाली ब्रान्डको नाम ‘तीनपाने अर्गानिक जनजाति रक्सी’ राख्ने प्रस्ताव गर्नुभएको हो ।
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहँले यस्तो प्रस्ताव राख्नुभएको हो । लोकल रक्सीका लागि कोदो उत्पादनलाई जोड दने नीति लिन उहाँको आग्रह छ ।
‘कोदो उत्पादनमा जोड दिऔं । कोदो खेतीको ब्रान्डिङ गरौं । कोदो र चामलबाट बनाइने रक्सीलाई ब्रान्डिङ गरौं । लेवलै राखौं– तीनपाने अर्गानिक आदिवासी जनजाति रक्सी भनेर लेवल नै राखौं र विदेश सप्लाई गरौं’, उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन