
हुम्ला । स्थानीय उत्पादनको बजारीकरण तथा प्रसारप्रचार गर्ने उद्देश्यले सदरमुकाम सिमीकोटमा पहिलोपटक आयोजना भएको औद्योगिक प्रदर्शनी बुधबार सम्पन्न भएको छ ।
प्रदर्शनीमा जिल्लामा उत्पादित राडीपाखी, स्थानीय कच्चा पदार्थबाट बनेका लिउ, फेरुवा, कोट, पाखो, गुन्युचोलो, घागर, रातो काम्लो, शिल्पकारले बनाएका ढाल, तरबार, तारे चुकबाट बनेका पेय, फापर, चिनोबाट बनाइका बिस्कुट लगायत सामग्री राखिएको थियो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले आयोजना गरेको प्रदर्शनीमा ३७ उद्यमीले आफ्ना उत्पादन राखेका कार्यालयका प्रमुख प्रदीपकुमार रेग्मीले बताउनुभयो । प्रदर्शनमा खाद्य, पेय, र सिलाइबुनाइसहित तीन विधामा उत्कृष्ट उत्पान गरेकालाई पुरस्कृत गरिएको थियो ।
खाद्य तथा पेय प्रदर्शनीमा सुर्वण सिमकोट खाद्य उद्योग प्रथम, बागजुर चिया तथा नर्सरी फलफूल उद्योग दोस्रो, विष्णुदेव कृषि फार्म तृतीय र सञ्जय कृषि खाद्य उद्योगले सान्त्वना पुरस्कार पाएका उहाँले जानकारी दिनुभएको छ । प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः १० हजार, ६ हजार, ३ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन