+

नेप्से फेरि ओरालो

काठमाडौँ ।  केही दिन सुधार आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज फेरि दोहोरो अंकले ओरालो लागेको छ । 

नेप्से परिसूचक बुधबार  ११ दशमलव ६० अंकले घटेर २ हजार ६० दशमलव १६ को विन्दुमा अडिएको छ ।  आज ३ सय ५  कम्पनीको ८७ लाख २७ हजार १ सय ६४ कित्ता शेयर, ५४ हजार ७ सय ९३ पटक खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७ सय ३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

वित्त, म्युचुअल फन्ड र व्यापारबाहेक अरू सबै समूहको उपसूचक घटेका छन् । वित्त समूह शून्य दशमलव ४५, म्युचुअल फन्ड शून्य दशमलव १४ र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै विकास बैङ्क समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ । बैङ्किङ शून्य दशमलव ६५, होटल तथा पर्यटन शून्य दशमलव २९, जलविद्युत् शून्य दशमलव ५८, लगानी शून्य दशमलव ९१ र जीवन बीमा शून्य दशमलव ६१ प्रतिशतले घटेको छ । 

उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बीमा शून्य दशमलव ३४ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छ । आजको कारोबारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य ९ दशमलव ५५ र शिवश्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७ दशमलव २६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३८ र हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको  १६ करोड ४६ लाख १८ हजार ८ सय ३० बराबर रुपैयाँको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै गुडविल फाइनान्स लिमिटेडको २ लाख ४६ हजार ५४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै