
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यहाँ रहेको दियालो दरबार सङ्ग्रहालय अनुगमन गर्नुभएको छ ।
भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएपछि यसको निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा मन्त्री तामाङले कर्मचारी र ठेकेदार कम्पनीलाई मर्मतको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्ष्यित गरी दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्नेगरी काम भइरहेका छ । हाल सङ्ग्रहालय मर्मतको ९० प्रतिशत काम सम्पन्न भएको छ । दिदीबहिनी निर्माण सेवाले रु ९२ लाखमा मर्मतको ठेक्का पाएको छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार बनेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको छ ।
दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नम्बर राजा र ३ नम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । ऐतिहासिक यो स्थल ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन