
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले देशका विभिन्न स्थानमा महिला र बालिकामाथि हिंसा एवं बलात्कारका घट्ना बढेकाले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा (एमाले) की सांसद सुमित्रा विसीले अछाममा असार ३ गते १६ वर्षीया किशोरीमाथि भएको बलात्कारको घट्नाको भत्सर्ना गर्नुभयो । दोषी पत्ता लगाई कारबाही गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।
सत्यतथ्य छानविन गरी गृहमन्त्रीले यस विषयमा सदनमा जवाफ दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद विसीले बाजुरामा पनि १६ वर्षीया किशोरीलाई आत्महत्या गर्न बाध्य पारेको घट्नामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले संविधानमा स्वास्थ्यको अधिकार मौलिक हकका रुपमा राखिएको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि सरोकारवाला निकायले काम गर्नुपर्ने बताउनुभयो । गाउँमा सिटामोल, एम्जिट, जीवनजल जस्ता आधारभूत औषधि समेत अभाव भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
छाउपडीप्रथा हटाउन र छाउगोठ भत्काउन देशभरी अभियान चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद वामदेव गौतमले भारतको अयोध्यामा रामको मन्दिर बनाउन नेपालबाट लगिएको शालग्रामको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन