
जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानविन समितिले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रतिवेदन बुझाएको छ ।
मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०७९ र ०८० को बजेटमा भएको रकमान्तरको विषयमा छानविन गर्न गठित विशेष संसदीय समितिले आज प्रतिवेदन बुझाएको हो ।
एमालेको मागअनुसार विसं २०८० असार २६ मा सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारले अर्थमन्त्रालयमा ठूलो मात्रामा अनियमित रकमान्तर गरेको विषयमा प्रदेशसभाले समिति गठन गरेको थियो ।
समितिमा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशवटा दलका एक–एकजना सांसद छन् । समितिलाई दुई महिनाभित्र छानविन गरी प्रतिवेदन बुझाउने समयावधि दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन