
काठमाडौँ । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको बजेट कोशेढुङ्गा साबित हुने दाबी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँको सो विषय उल्लेख गर्नुभएको हो । खानेपानीका लागि लाइनमा बस्न नपर्ने गरी समस्या समाधान गर्छौ, कम्मरमा गाग्री बोकेर पानी ल्याउनुपर्ने समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो ।
मेलम्ची खानेपानी आयोजनामा बाढीले पुर्याएको क्षतिपछि आयोजनालाई कसरी अगाडि बढाउने भनेर अध्ययन भएको र बाढीका कारण पुरिएको आयोजनाको ट्याङ्की सुरक्षित स्थानमा लैजानका लागि मन्त्रिपरिषद्बाट स्वीकृतीप्राप्त भइसकेको उहाँको भनाइ थियो । त्यसका लागि एसियाली विकास बैंकले करिब रु दुई अर्ब अनुदान सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।
सो आयोजनाको दोस्रो चरणअन्तर्गत लार्के र याङ्ग्री खोलाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ पुर्याउने गरी योजना निर्माण भइरहेको उहाँले बताउनुभयो । उहाँले याङ्ग्री र लार्के खोलामा बन्ने हेडवक्र्ससम्म पहुँचमार्ग निर्माण भइरहेको जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षको बजेटमा बिनियोजित खानेपानी मन्त्रालयको बजेट र वार्षिक विकास कार्यक्रमले सबै जिल्ला र निर्वाचन क्षेत्रका मागलाई सम्बोधन गरेको उहाँको भनाइ थियो ।
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालिन योजना मन्त्रालयले निर्माण गरिरहेको मन्त्री राईले उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि असार १० गते सोमबार बिहान ११ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन