
गुल्मी । गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई १० हजार रुपैयाँको दरले सहयोग गरिएको हो ।
आगलागी घटनामा जिल्लामा सबैभन्दा प्रभावित इस्मा गाउँपालिकाका २८, मदाने गाउँपालिकाका १०, मुसिकोट नगरपालिकाका आठ, रुरुक्षेत्र गाउँपालिकाका सात र गुल्मीदरबार गाउँपालिकाका पाँच जनालाई आर्थिक सहयोग प्रदान गरिएको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार धुर्कोट गाउँपालिकाका पाँच, रेसुङ्गा नगरपालिकाका, छत्रकोट गाउँपालिकाका र मालिका गाउँपालिकाका दुई÷दुई र कालीगण्डकी गाउँपालिकाका एक जना गरी कूल ७० अग्निपीडित परिवारलाई १०÷१० हजार रुपैयाँको दरले आर्थिक सहयोग प्रदान गरिएको हो ।
समाजले अग्निपीडितका लागि जापानमा सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । सङ्कलित रकम गुल्मीका पत्रकार जनार्दन घिमिरेको नेतृत्वमा विभिन्न पालिकाका पीडितसमक्ष पुर्याइएको हो । केही स्थानमा आफैँ पुगेर र केही स्थानमा जनप्रतिनिधिमार्फत सहयोग पठाइएको घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार समाजले जिल्लाका हरेक विपदमा सहयोग र सहजीकरण गरिरहेको छ ।
कोभिडका बेला जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्था र गुल्मी अस्पतालमा १५ लाख रुपैयाँ बराबरको स्वास्थ्यसामग्री समाजले प्रदान गरेको थियो । त्यही अभियानमा नेपाल पत्रकार महासङ्घ गुल्मीले समाजलाई सहजीकरण गरेको थियो ।
विदेशमा भए पनि मातृभूमिप्रतिको सम्मान र नेपालीको माया भएकाले संस्थामार्फत लामो समयदेखि जिल्लावासीलाई सहयोग गरिरहेको भन्दै संस्थाका अध्यक्ष अधिकारीले खुसी व्यक्त गर्नुभयो । उहाँले सहयोग सङ्कलन गर्ने सहयोगी मन र सहयोग प्रदान गर्न सहजीकरण गर्ने गुल्मेली पत्रकारलाई धन्यवाद दिनुभयो ।
अग्निपीडितलाई पठाएको सहयोग रकम हस्तान्तरण गर्दै मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले समाजले सामाजिक क्षेत्रमा गरेको कामको उच्च प्रशंसा गर्नुभयो । आगोले सबै सम्पत्ति जलेर नष्ट भएका परिवारको दुःखमा देखाएको सहानुभूति निकै उदाहरणीय रहेको भन्दै उहाँले आगामी दिनमा पनि सहयोग र सद्भावको निरन्तरताको आशा व्यक्त गर्नुभयो ।
गुल्मेली समाज जापानले पठाएको त्यो रकम पालिकाका प्रमुख, उपप्रमुख एवं वडाध्यक्षको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै