
काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले कमी आएको छ । नेप्से परिसूचक आइतबार ५ दशमलव ३७ अंकले घटेर २ हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको छ ।
आज ३ सय १७ कम्पनीको ९५ लाख ६१ हजार सात सय २७ कित्ता शेयर, ६१ हजार ५ सय १३ पटक खरिद बिक्री हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज वित्त समूह ५ दशमलव ४९ र अन्य समूह शून्य दशमलव २५ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह १ दशमलव २३ र होटल तथा पर्यटन समूह एक दशमलव १० प्रतिशतले घटेको छ ।
रिलायन्स फाइनान्स लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ५८ र सनराईज ब्लुचिप फन्डको शेयर मूल्य ५ दशमलव २४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको १७ करोड १३ लाख ५२ हजार ३ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिलायन्स फाइनान्स लिमिटेडको ३ लाख ९ हजार ४ सय ४३ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन