
काठमाडौँ । नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थायित्व नहुँदा बेलायतबाट वैदेशिक लगानी प्रवाह हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ ।
शनिबार लण्डनमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष महेश दाहालले बेलायती उद्यमी–व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेका भए पनि पटकपटक भइरहने नीति परिवर्तनले लगानी गर्न समस्या भएको बताउनुभयो ।
उहाँले प्रवासी नेपाली मात्र नभई आफूहरूले विदेशी लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको तर, नेपालको राजनीतिलाई देखाउँदै उनीहरू लगानी गर्न डराएका बताउनुभयो । उहाँले राजनीतिक स्थायित्वका निम्ति राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समितिका समस्या लगायत विषयमा कांग्रेस नेतृत्वलाई जानकारी दिने बताउनुभयो । समितिका अध्यक्ष दाहाल, प्रेस युनियन युकेका अध्यक्ष विपिन निरौला, राजनीतिक विश्लेषक आरेक त्रिपाठी (राजकुमार) लगायत उपस्थित हुनुहुन्थ्योे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन