
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने बताउनुभएको छ ।
दाङको घोराहीमा सूचना तथा सञ्चार, प्रविधिको विकासको नवीनतम् प्रयोग (कृत्रिम बौद्धिकता_ सम्बन्धी कार्यक्रम शनिबार उद्घाटन गर्दै उहाँले नेपालले उत्पादन गरेका योग्य श्रमशक्तिलाई देशमै उपयोग गर्नेबारे सबै पक्षले छलफल चलाउनुपर्ने बताउनुभएको हो ।
लुम्बिनी प्रदेश सरकारले पर्यटन, पर्यावरण, कृषि, जलस्रोतलगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरी नेपाली श्रमबजारलाई यहीँ खपत हुने वातावरण सृजना गर्ने उहाँले जानकारी दिनुभएको छ । ‘नेपाली श्रमिकको श्रममूल्य नेपालमा कम रहेकाले विदेशिनुपर्ने बाध्यता रहेको छ’ मुख्यमन्त्री महराले भन्नुभयो– ‘नेपाली उत्पादनको वृद्धि र श्रममूल्य समयसापेक्ष बनाउन जरुरी देखिन्छ ।’
राप्ती इन्जिनरिङ कलेज, स्वर्गद्धारी कम्युनिकेसन तथा रिर्सच सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सबैले जोड दिन सुझाव दिनुभयो ।
कार्यक्रममा विभिन्न डिजिटल प्रविधि र सञ्चार क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, शिक्षकलगायत सहभागी थिए । मुख्यमन्त्री महराले संसारमा विकसित हुँदै गरेको डिजिटल प्रविधिलाई सही रूपमा प्रयोग गर्न जरुरी भएको बताउँदै दुरुपयोग हुने विषयवस्तुलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।
‘नेपालको शिक्षालाई प्रविधिसँग जोड्नु जरुरी छ’ उहाँले भन्नुभयो– ‘प्रविधि र सञ्चारसँग जोडिएको शिक्षा प्रभावकारी देखिएको छ ।’ नेपालका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी विदेशिने क्रम बढ्दो रहेकाले यस विषयमा अनुसन्धान र खोज गरी नेपालमा अध्ययन गर्ने वातावरण तयार गर्न उहाँले आग्रह गर्नुभयो ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेख भण्डारी, पूर्व स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा शैलेन्द्र गिरी, नेपाल टेलिभिजनका नायब महाप्रबन्धक इन्जिनियर चिन्तामणि बराल र नेपाल टेलिकमका इन्जिनियर रविराज यादवले कृत्रिम बौद्धिकतासम्बन्धी डिजिटल प्रविधिको प्रयोग र फाइदाका विषयमा प्रशिक्षण गराउनुभएको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै