
गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताउनुभएको छ । गण्डकी प्रदेश सरकारको सहकार्यमा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित संसदीय पत्रकार अभिमुखीकरण एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले सञ्चार क्षेत्र सम्बद्ध सबैसँग पटकपटक छलफल गरी विधेयकलाई निष्कर्षमा पु¥याइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“समाजलाई सकारात्मक सोचमा अघि बढाउन पनि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । मैले संसदीय गतिविधिलाई प्रभावकारी बनाउनका लागि पनि सञ्चार क्षेत्रबाट धेरै अपेक्षा गरेको छु । ”
पछिल्लो समयमा सामाजिक सञ्जालले समग्र सञ्चार क्षेत्रको भूमिकालाई प्रभाव पारिरहेको जनाउँदै मुख्यमन्त्री पाण्डेले यसका लागि सिङ्गो सञ्चार क्षेत्र जिम्मेवार बन्नुपर्छ भन्नुभयो । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारीले सञ्चार क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन आवश्यक छ भन्नुभयो ।
राजनीतिक दल र सञ्चार क्षेत्रबीच राम्रो सहकार्य हुनसकेमा त्यसले समग्ररुपमा दल र व्यवस्थालाई बलियो र जिम्मेवार बनाउन भूमिका खेल्ने उहाँको विश्वास थियो । नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता तथा पूर्वमन्त्री सुशीला सिंखडाले सत्यतथ्य समाचार सम्प्रेषणका माध्यमबाट पत्रकारिता क्षेत्रले समाजलाई सुसूचित गराउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाले संसदीय पत्रकारितालाई प्रभावकारी बनाउनका लागि मञ्चले यस किसिमका तालिम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
पत्रकार रामजी दाहाल, पूर्वप्रदेशसभा सदस्यद्वय विष्णुप्रसाद लामिछाने र धनञ्जय दवाडी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रविण ढकाल, प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीलगायतले प्रशिक्षण प्रदान गर्नुहुने जनाइएको छ । तालिममा पोखरामा संसदीय समाचार सङ्कलन गर्दै आएका करिव ५० जना पत्रकारको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन