
काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि इरान जानु हुने भएको छ ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एशिया सहयोग संवाद (एशिडी) का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्नुहुने भएको हो ।
उहाँ इरानको राजधानी तेहरानमा सोमबार (असार १० गते) आयोजना हुने बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।
मन्त्रिस्तरीय बैठक अघि मन्त्रालयको क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले असार ९ गते हुने एशिडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनुहुनेछ । उपप्रधानमन्त्री श्रेष्ठ असार १२ गते स्वदेश फर्कनुहुने तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन