
कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको १५औँ बैठक बस्नुपूर्व बिहीबार प्रदेशसभा सदस्यहरु भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए । उनीहरुको गफ आर्थिक वर्ष २०८१ र ०८२ को विनियोजित बजेट र त्यसको सन्तुलन तथा समन्यायिकतामा केन्द्रित थियो ।
उनीहरू गफीइरहेका बेला सभाबैठक प्रारम्भ भएको जनाउ दिने घण्टी बज्यो, सबै प्रदेशसभा सदस्यहरू बैठककक्षमा प्रवेश गरे । त्यहाँ पुगेपछि मर्यादापालक महिला प्रहरीले सभामुख र सम्पूर्ण सभा सदस्यलाई सधैँझैँ अभिवादन गरे । राष्ट्रिय गान बज्यो । सबैले आफ्नै स्थानमा उभिएर राष्ट्रिय गान गाए । त्यसपश्चात् सबै आ–आफ्नो स्थानमा बसे । जब सभामुख नन्दा गुरुङले ‘अब बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्नुभयो तब प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य चुपचाप एकाएक बाहिरिए ।
सभामुख गुरुङ र सत्तापक्षका प्रदेशसभा सदस्य उनीहरू बाहिरिएको टुलुटुलु हेरिरहे । बैठककक्षमा रहेका सदस्यले केही बेरसम्म मुखामुख गरिरहे । प्रतिपक्षी दलका सदस्य नै नभएपछि बैठक सञ्चालन हुने अवस्था रहेन । त्यसपछि बैठक सभामुखले बैठक स्थगन भएको घोषणा गर्नुभयो ।
सभामुखका अनुसार प्रदेशसभाको अर्को बैठक असार १२ गते बुधबार दिउँसो ३ बजे बस्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन